कर्णालीका तीस शिक्षक पुरस्कृत

सुर्खेत / कर्णालीका १० जिल्लाका तीस जना उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रममा लागि छनोट गरिएको छ । शिक्षा विकास निर्देशनालय द्वारा छनोटमा परेका शिक्षकलाई सम्मान गरिएको छ ।
सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीद्वारा छनोट भएका शिक्षाकहरुलाई सम्मान एबम् पुरस्कृत गरिएको हो । पुरस्कृत हुने शिक्षकहरुमा कालिकोटबाट चन्द्रप्रसाद कोइराला , यसोधरा शर्मा , कृष्ण प्रसाद बराल रहेका रहनुभएको छ । त्यस्तै सल्यानबाट जीवनकुमार रावत , धर्मराज घर्ती , बालाराम वलीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । रुकुम पश्चिमबाट शशिराम विश्वकर्मा , कृष्णराज केसी , लक्ष्मी वली पुरस्कृत हुनुभएको छ । जुम्लाबाट तीनलाई पुरस्कृत गरिएको छ । टंकबहादुर महत , परेकराज खत्री र आनन्दाकुमारी बोहरालाई सम्मान गरिएको छ ।
हुम्लाबाट धनश्याम शर्मा , गीता हमाल र धनबहादुर ऐडीलाई सम्मान गरिएको छ । डोल्पाबाट प्रकास थापा ,नरदेव रोकाय र पद्यमा कुमारी बुढा रहेका छन् । मुगुबाट सुवास रावल , रामप्रसाद सेजुवार , जयपुरा खडका कार्की रहनुभएको छ । दैलेखबाट पार्वती कुमारी शर्मा , टेकबहादुर सिजापती र टेकबहादुर विक रहनुभएको छ । सुर्खेतबाट भूपेन्द्रबहादुर सिंह , भोजकुमारी पौडेल र द्धोणराज पाठक रहनुभएको छ ।
जाजरकोटबाट लक्ष्मी खत्री , जयबहादुर थापा र अच्युुत प्रसाद शर्मालाई पुरस्कृत गरिएको छ । प्रति शिक्षकलाई ३५ हजार नगद सहित प्रमाणपत्र उपलब्ध गराएको छ । प्रत्येक जिल्लाबाट माध्यमिक तहमा १ , निम्नमाध्यमिक तहमा १ , प्राथमिक तहमा १ गरी जम्मा ३ जना छनोट गर्नुका साथै एक जना महिना अनिवार्य रुपमा पुरस्कार दिनुपर्ने निर्देशनालयले बताएको छ ।



