कर्णाली प्रदेशको योजना बैंकमा ७ हजार ८१५ वटा योजना संकलन

हेमन्त केसी
सुर्खेत ः वीरेन्द्रनगर– कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको योजना बैंकमा ७ हजार ८१५ वटा योजना संकलन गरिएको छ । हालसम्म प्रदेश सरकारका ८८१ वटा योजना चालु अवस्थामा रहेको बताएको योजना आयोगका सूचना अधिकारी हरिबहादुर घर्तीले जानकारी दिए । योजना आयोगले भावी दिनका लागि भन्दै ६ हजार ९३४ वटा योजनाहरु योजना बैंकमा रहेको बताएको छ ।

सरकारले सञ्चालनमा ल्याएको आयोजना बैंकको रेकर्ड अनुसार जिल्लाबाट आएर आयोजना बैंकमा प्रविष्ट भएका योजनाको संख्या ७ हजार ८१५ छ । मन्त्रालयले प्राथमिकीकरणको काम सकेर आयोजना बैंकमा प्रमाणीकरण हुनुपर्छ । त्यसपछि योजनामा बजेट विनियोजन गर्ने र अन्तिम रुप दिने काम हुन्छ । अहिलेसम्म दुई हजार ७४६ वटा योजनाको प्राथमिकीकरण गरिएको छ ।

ती आयोजना प्रोजेक्ट बैंकमा प्रमाणीकरण भएको घर्तीले बताए । ५० लाख भन्दामाथिका र तलको गरेर दुई भागमा विभाजन गरेर योजना छनोटको काम भइरहेको उनले जानकारी दिए । जलस्रोत तथा उर्जा विकास मन्त्रालयका २ हजार ७५५ योजना ५० लाख माथिका रहेका छन् । त्यस्तै ५० लाख भन्दा तल ६ हजार ३५२ योजना छन् । त्यसमा ४२१ वटा योजना स्वीकृत भएका छन् भने २ हजार ३२१ वटा योजना प्रमाणित भएका छन् ।

५ वटा योजनाको मस्यौदा गरिएको छ । २ वटा मात्र प्रमाणिकरण गरिएको छ । ६ वटा योजनाको टिप्पणी गरिएको छ । सामाजिक विकास मन्त्रालयका ५० लाख भन्दा माथिका १ हजार ७४७ योजना रहेको छन् । त्यस्तै ५० लाख भन्दा तलका १ हजार ५८५ योजना रहेका छन् । त्यसमा १३ वटा मूल्यांकन गर्ने चरणमा रहेका छन् । १ हजार ७२६ वटा योजना अनुमोदन गरिएको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका ५० लाख भन्दा माथिका ३ हजार २६२ योजना रहेका छन् । त्यस्तै ५० लाख भन्दा तल ९७९ योजना रहेका छन् । त्यसमा ५७४ वटा योजना स्वीकृत भएका छन् भने २ हजार ६७० वटा योजना प्रमाणित भएका छन् । ११ वटा योजनाको मस्यौदा गरिएको छ । ६ वटा मात्र प्रमाणीकरण गएिको छ । एउटा योजनाको टिप्पणी गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका ५० लाख माथिका ६ योजना रहेका छन् । त्यस्तै ५० लाख भन्दा तल १७ योजना रहेका छन् । त्यसमा ६ वटा योजना स्वीकृत भएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका ५० लाख भन्दामाथिका ७ वटा योजना रहेका छन् । ५० लाख भन्दा तलका १ हजार ९४४ वटा योजना रहेका छन् । ७ वटा योजना मूल्यांकन भइरहेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ५० लाख भन्दामाथिका ३० वटा र ५० लाख भन्दा तलका ४ हजार ५६० योजना योजना बैंकमा संकलन भएको बताएको छ । ११ योजना मूल्यांकनको चरणमा रहेको र १९ वटा अनुमोदन भएको सूचना अधिकारी घर्तीले जानकारी दिए । ५० लाख भन्दामाथिका ७ हजार ८०७ योजना र ५० लाख भन्दा तलका १५ हजार ४३७ योजना रहेका छन् ।

३१ वटा योजना मूल्यांकन भएका छन् । २ हजार ७४६ योजना अनुमोदन गरिएको छ । ४ हजार ९३१ योजना प्रमाणीत गरिएको छ । १६ वटा योजनाको मस्यौदामा राखिएका छ । ८ वटा योजना प्रमाणीकरण भएका छन् । ७ वटा योजनाको टिप्पणी गरिएको छ । सरकारकोे नीति तथा कार्यक्रमसमेत पास भइसकेको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र० ले सोमबार प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । माओवादीका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री विन्दमान विष्टले अनुसूची भरेर पठाएका योजना योजना बैंकमा नपरेको भन्दै आक्रोश व्यक्त गरे । उनले आफूहरुले जिल्ला तहमै छलफल गरेर पठाएका योजना सरकारले नीति तथा कार्यक्रममा समावेश नगरेको भन्दै उनले सरकारको विरोध गरे ।





error: Content is protected !!