भेरी नदीमा बेपत्ता दुईको सव फेला , एक वेपत्ता

जाजरकोट ः जाजरकोट नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रम्मा बेपत्ता भएका तीन जना मध्य दुईको सव फेला परेको छ । भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको सव फेला परेको जाजरकोटका डिएसपी बसन्त शर्माले बताउनुभयो । १२ वर्षीया आशा कुसारी अझैँ बेपत्ता छन् ।
बेपत्ताको खोजी कार्य जारी रहेको छ । शुक्रबार दिउसो दुई बजे भेरीमा पानी खेल्ने क्रम्मा उनीहरु भेरीमा बेपत्ता भएका हुन् । जाजरकोट तर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर वेपत्ताको खोजी कार्य भइरहेको जाजरकोटका डिएसपी शर्माले जानकारी दिनुभयो । आशा र महेश एकै घरका दिदी भाई हुन् ।
हेमन्त केसी



