भेरी नदीमा एकै घरका दुई बेपत्ता , एकको मृत्यु

जाजरकोट / जाजरकोट नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रम्मा दुई बालबालिका बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपालीको मृत्यु भएको छ ।

अन्य सँगै पौडी खेलिरहेका सुरेन्द्र कुसारीका १२ वर्षीया छोरी आशा कुसारी र १० वर्षीय छोरा महेश कुसारीको अझैँ नभेटिएको आठबीसकोटका नगरप्रमुख रबी केसीले जानकारी दिनुभयो । गर्मी बढेसँगै भेरी नदीमा पौडी खेल्न गएमा तीन बालबालिकाहरु मध्य एकको मृत्यु भइसकेको छ भने दुई बेपत्ता भएका छन् ।

शुक्रबार दिउसो दुई बजे भेरीमा पानी खेल्ने क्रम्मा उनीहरु भेरीमा बेपत्ता भएका हुन् । वेपत्ताको खोजी भइरहेको नगरप्रमुख केसीले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!