संघ सरकारले ल्याएको बजेटमा कर्णालीमा के के समेटियो ?

सुर्खेत , १५ जेठ ः संघीय सरकारले कर्णालीको विद्युत् समस्याको दीर्घकालीन समस्या समाधान गर्न कोहलपुर–सुर्खेत–जुम्ला १३२ केभी प्रसारण लाइन दुई वर्षभित्र सम्पन्न गर्ने भएको छ ।
आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुई वर्षभित्र कर्णालीको विद्यमान विद्युत् समस्या हल गर्नेगरी काम गरिने बताउनुभयो ।
संघीय सरकारले आगामी वर्ष कर्णालीमा कार्यान्वयन भइरहेका राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनालाई तीव्रता दिने दाबी गरेको छ, जसमा भेरी–बबई बहुउद्देश्यीय आयोजनाको हेडवक्र्स र पावर हाउस दुई वर्षभित्र सम्पन्न गर्ने गरी २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै, कर्णाली कोरिडोरका लागि १ अर्ब २७ करोड बजेट व्यवस्थापन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो । मुगुको ताल्चा विमानस्थल देखि रारा सम्मको सडकलाई स्तरोउन्ती गरिने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिनुभएको हो ।
संघीय सरकारले कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदका लागि ५४ करोड बजेट व्यवस्थापन गरेको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दशौँ राष्ट्रिय खेलकुद सञ्चालन गर्न उक्त रकम विनियोजन गरेको बताउनुभयो । सुर्खेतको भेरी लिफ्ट खोनेपानी आयोजना आगामी २ वर्षमा सम्पन्न गर्न १ अर्ब ३२ करोड रकम विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गदै उक्त बजेट विनियोजन गरिएको बताउनुभयो । सुर्खेतमा प्रदेश स्तरको विमानस्थल निर्माण गरिने भएको छ ।
जगदुल्ला जलविद्युत आयोजना निर्माण चरणमा लगिँने छ भने नलगाड जलविद्युत आयोजनाको लगानी ढाचामा लिइने अर्थमन्त्री पौडेलले बताउनुभयो । रारा , फोक्सुण्डो तालको पर्यटन विकासका लागि काम हुने जानकारी दिइएको छ ।



