पुराना कानुनका कारण काम गर्न मुस्किल ः मुख्यमन्त्री कँडेल

सुर्खेत , २८ वैशाख ः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै सरोकारवाला निकाय मिलेर अगाडी बढियाे भने मात्र विकासमा सहजता आउने बताउनुभयो ।
सरकार र कर्मचारीले मात्र विकास गर्नुपर्छ भन्ने मानसिकता त्यागेर विकास सबैको साझा कुरा हो भनि एक जुट भएमा मात्र विकास निर्माण कामहरु गतीका साथ अगाडी बढने उहाँले बताउनुभयो । क्षेत्रीय होटल सँग चितवनले ‘घुमौ सौराहा , चितवन अभियान २०२५ ’ भन्ने मुल नाराका साथ सुर्खेतको बीरेन्द्रनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कँडेलले यस्तो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो , ‘ देश विकासका लागि सरकारको मुख्य भूमिका हुन्छ नै ? यसको गतीलाई अगाडी बढाउने कुरा चाँही निजी क्षेत्रकै पहलकदमी र भूमिकामा भर पर्ने कुरा रहेछ । व्यवस्था नयाँ , संरचना नयाँ निर्माण गरेका छौँ । तर ति संरचनालाई निर्देशित गर्ने कानुनहरु निकै पुराना भएकाले जनताको चाहना अनुसार काम गर्न समस्य भएको छ ।’
जनता र जनप्रतिनिधिको एउटा अपेक्षा छ तर संरचनामा प्रतिनिधित्व गर्ने साथीहरुलाई निर्देशित गर्ने कानुन २०१२ साल देखि २०१८ सालमा निर्माण भएका कारण काम गर्न समस्य भएको मुख्यमन्त्री कँडेलले बताउनुभयो । हामीले पुराना कानुनलाई विस्थापित गर्न हामीले जती ढिला गछौँ , त्यती विकास निर्माणको कामलाई गती दिने कुरा ढिला हुने उहाँको भनाई रहेको छ । सत्तामा हुँदा एउटा भन्ने , सत्तामा हुँदा त्यही बाटो अवलम्बन गर्ने तर सत्ता बाहिर जाँदा सडकको विषय बनाउने चलनले गर्दा हामीले ठिक ढंगले अगाडी बढन नसकेको अवस्था रहेको समेत उहाँको भनाई रहेको छ । कर्णाली प्रदेशको अन्तरिक आम्दानी र विकासका लागि कर्णालीको पर्यटन विकास नै मुख्य आधार रहेको निष्कर्षमा आफू पुगेको उहाँको भनाई रहेको छ ।
चितवनबाट कर्णाली सम्मा आफ्नो व्यवसायिक महत्व झल्काउनका लागि आउनु भएका मित्रहरुलाई धन्यवाद दिदै मुख्यमन्त्रीले भन्नुभयो ,‘ हामी सबै केही न केही ठाउँ , संस्थाको भूमिकामा छौँ । सबैले आफू भूमिकामा रहेका ठाउँमा राम्रो गर्ने हो भने विकासको गती तिब्र गतीमा अगाडी बढछ । कर्णालीमा राराताल , फोक्सुण्डो ताल , छायाँनाथ , बाला त्रिपुरासुन्दरी लगायतका थुपै पर्यटकीय क्षेत्र भएपनि विकासको मुलधारमा आउन नसकेका कारण ति ओझेलमा परेको छन् ।
कर्णाली करिडोरको बाटो हुँदै रारा , भेरी करिडोर हुदै डोल्पा जाँदा त्यहाँ हेर्ने विषय बस्तु नै भुल्ने खालको पीडा हुने गर्दछ । ’ पहिला हामीले सबै क्षेत्रको सहभागितामा पर्यटकीय क्षेत्रको विकासका टेवा पुग्ने काम गरौँ , त्यपछि हामीले देखेको संमृद्धि टाढा नहुने मैले देखेको छु , मुख्यमन्त्री कँडेलले भन्नुभयो ।



