कुराकानी ः देशका २५ उत्कृष्ट पालिका मध्य माओवादीले जितेका ११ पालिका उत्कृष्ट ः इन्चार्ज मल्ल

माओवादीले अधिवेशसँगै प्रशिक्षण कार्यक्रम तिब्र बनाएको छ । माओवादीको आधार इलाका कर्णालीमा अझ बढी राजनीतिक चहलपहल भइरहेको छ । यसै विषयमा केन्द्रीत रही नेकपा ( माओवादी केन्द्र) का कर्णाली इन्चार्ज कालिबहादुर मल्लसँग गरिएको कुराकानीको सार ।


नेकपा (माओवादी केन्द्र)को अधिवेशनसँगै चलिरहेको छ । कस्तो छ आक्र्रषण ?
यतिबेला कर्णालीका जनता मा पार्टी नेतृत्व र पार्टी प्रति आकर्षण ,विश्वास र आशा बढेको पाईयो । खास गरि हुलाकि राजमार्गमा “जनता संग माओवादी “अभियान ले बिगतका केही भ्रम र अविश्वास हटाएको छ ।

पार्टी कार्यक्रताहरु मनोविज्ञान कस्तो बुझनुभयो ?
पार्टी कार्यकर्तामा उत्साह र आत्मबल बढाएको छ । भरोसा बढी बढाएको छ ।

जनयुद्धको खास थलो कर्णालीबाट सिंहदरबारलाई दिने सन्देश के छ ?
कर्णालीले मध्यकालीन नेपाल कुरा दियो । जस्तै भाषा,संस्कृति ,शासकीय स्वरुप,अर्थ नीति,दण्ड विधान आदि दिनु को साथै जनयुद्धको माध्यम बाट संघीयता गणतन्त्र दिनेमा अग्र स्थानमा रह्यो। तर सिंहदरबार को कर्णाली लाई हेर्ने दृष्टिकोण र गर्ने ब्यबहारमा पुर्वाग्रहपुर्ण रही आएको छ। यसको उदाहरण हो सडक। सडकको अवस्था यहाँ आउने सबैलाई थाहा छ। सडकको नाजुक अवस्थाले विद्युत पुर्याउन र कर्णालीको उत्पादन बाहिर पढाउन ढुवानी महंगो हुन गई बजारमा प्रतिस्पर्धा गर्न कठिन छ।

माओवादीले जितेका पालिका कसरी फरक भए ?
आवश्यक ऐन नियम को अभाव,पर्याप्त कर्मचारी अभाव र केही अनुभव कमी । तैपनि देशका २५ उत्कृष्ट पालिका मध्य माओवादीका ११ र त्यसमा एक पालिका माओवादी को पर्नु राम्रो कुरा ।

नीति तथा कार्यक्रमले कर्णालीलाई समेटन सकेन भन्ने छ ?
नीति तथा कार्यक्रम सरकार को चरित्र र कार्यशैली मा हेर्नू र बुझ्नु पर्छ ।नीति एकातिर बजेट र कार्यक्रम अर्कोतिर देखे भोगकै हो। फेरिपनि यो यतिबेला को नीति तथा कार्यक्रम बिगतकै निरन्तरता हो जसमा प्रचण्ड सरकार को कपि पनि देख्न सकिन्छ ।

कर्णालीका जनतालाई के सन्देश दिन चाहानुहुन्छ ?
एकातिर के पी नेतृत्व को गठबन्धन सरकारका उल्टा र जनबिरोधि गतिविधिले जनतामा सिस्टम प्रति नै अविश्वास मात्रै होईन निराशा र आक्रोस जगाएको छ । अर्का तिर यहि अवस्था लाई आफ्जो अनुकूल को स्थिती ठानेर संविधान र ब्यबस्था प्रति धावा बोल्ने दुस्साहस हुदैछ ।यो विषम परिस्थितिमा ब्यबस्था प्रति ओैला उठाउने परिस्थिति निर्माण गर्ने सरकार भण्डाफोर र प्रतिगामी तत्वलाई खबरदारी गरि जनयुद्ध जन आन्दोलनबाट प्राप्त उपलब्ध उपलब्धिको रक्षा गर्नु को विकल्प कर्णालीबासीको अरु छैन ।

 





error: Content is protected !!