सरकारी सेवा अब ‘फेसलेस’ बनाइने

काठमाडौं, १९ बैशाख । सरकारले कर्मचारी तन्त्रको तरिकामा परिवर्तन गर्दै  ‘फेसलेस’ सुबिधा दिने भएको छ ।

केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत जनताले पाउने सेवा अब क्रमशः ‘फेसलेस’ बनाउँदै जाने घोषणा गरेको छ । जसका लागि नागरिक एपलगायतका काम द्रुतगत रूपमा  विकास गरिने प्रतिबद्दता जनाइएकाे छ ।

प्रधानमन्त्री ओलीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलाइ हस्तान्तरण गरे पछि अहिले उनले बाचन गरिरहेका छन ।

 

जसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न संघीय संसद भवन, नयाँ बानेश्वर पुगेका हुन् ।





error: Content is protected !!