कर्णालीमा पाँच हजार भन्दा बढी उद्योग खारेजी

सुर्खेत /  कर्णाली प्रदेशका दश जिल्लामा पाँच हजार भन्दा बढी उद्योग खारेजीमा परेका छन् । उद्योग दर्ता गरेर नियमित सञ्चालन नगरेका कारण ५ हजार ३६३ उद्योग खारेजीमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रमुख देवीलाल सापकोटाले बताउनुभयो ।

खारेजीमा सबै भन्दा बढी दैलेख स्थापना गरिएका उद्योगहरु रहेका छन् । दैलेखमा १ हजार ६७५ वटा खारेज भएका छन् । दोस्रो खारेजीमा पर्नेमा सुर्खेत रहेको छ । सुर्खेतमा १ हजार ४५५ वटा खारेज भएका छन् । कालिकोटमा ४७८ , जुम्लामा ५८७ , मुगुमा २१ , सल्यानमा ५०२ , जाजरकोटमा ४२७ , डोल्पामा ५१ वटा उद्योग खारेज भएका छन् । त्यस्तै हुम्लामा ९ र रुकुम पश्चिममा १५८ वटा उद्योग खारेज गरिएका छन् ।

कर्णालीका १० जिल्लामा ४३ हजार ६७८ उद्योग दत्र्ता भएका थिए । सबै भन्दा बढी सुर्खेतमा उद्योग दर्ता गरिएका थिए । सुर्खेतमा मात्र १४ हजार २६५ वटा उद्योग दत्र्ता भएको निर्देशनालयले जनाएको छ । हाल यहाँ १ हजार ३४१ उद्योग मात्र नविकरण भएका छन् । दैलेखमा ४ हजार ७ सय ४८ उद्योग दर्ता गरिएकोमा हाल सम्मा ३ हजार ५९१ वटा उद्योगहरु नविकरण गरिएको छ । कालिकोटमा २ हजार ८३७ वटा उद्योग दत्र्ता भएकोमा हाल १ हजार ९३६ वटा मात्र उद्योग नविकरण गरिएको छ ।

त्यस्तै जुम्लामा ४ हजार ३८६ वटा उद्योग दर्ता भएकोमा २ हजार ३५७ वटा मात्र नविकरण भएको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो । मुगुमा २ हजार २३ वटा उद्योग रहेकोमा हाल ४५० वटा मात्र नविकरण भएका छन् । सल्यानमा ३ हजार ६६३ वटा उद्योग रहेकोमा ३ हजार २१७ वटा मात्र सञ्चालनमा रहेको निर्देशनालयले जानकारी दिएको छ । जाजरकोटमा ३ हजार ६८ दत्र्ता भएकोमा १ हजार ८९७ वटा मात्र सञ्चालनमा रहेको पाइएको छ ।

त्यस्तै डोल्पामा २ हजार २३६ उद्योग दत्र्ता भएकोमा हाल ९२२ मात्र नविकरण भएको निर्देशनालयले जनाएको छ । हुम्लामा ३ हजार ७१९ वटा उद्योग दत्र्ता भएकोमा हाल आएर ७३६ वटा मात्र नविकरण गरिएको छ । त्यस्तै रुकुम पश्चिममा २ हजार ७३३ उद्योगमा २ हजार २५० उद्योग मात्र सञ्चालनमा रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको तथ्यांकमा रहेको छ । १ लाख २१ हजार ५५५ जनाले यि दर्ता भएका उद्योगबाट रोजगारी पाएको निर्देशनालयले जनाएको छ ।





error: Content is protected !!