अज्ञात समुहले बुलबुले टोलमा चलायो गोली

सुर्खेत ः बीरेन्द्रनगर १० बुलबुले टोलमा विहान अज्ञात समुहले गोली चलाउदा घरको टिन नै प्वाल परेर घर भित्र पुगेको छ । विहान नास्ता खाइरहेको समयमा एक्कासी घरको छानाको रुपमा प्रयोग गरिएको टिन नै प्वाल पारेर घर भित्र गोली लागेको हो ।
स्थानीयबासी यूवराज रिजालको श्रीमती र बच्चाहरु नास्ता खाइरहेको समयमा उक्त घटना भएको हो । सुर्खेतका प्रहरी प्रमुख रुपेश खडका लगाएतको टोली घटना स्थलमा आएर आवश्यक जाँचबुझ गरेर फर्किएको छ । गोलीबाट मानबीय क्षती भने भएको छैन ।



