पत्रकार दिलमायालाई आक्रमण गर्ने प्रमिला पक्राउ

जुम्ला ः जुम्लाकी पत्रकार दिलमाया शाही आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन २७ गते जुम्लाको चन्दननाथ नगरपालिका ४ प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यालय अगाडी विहान ८ः३० बजे पत्रकार शाही माथि पछाडिबाट आक्रमण गर्ने तिला गाउँपालिका ४ की प्रमिला शाही पक्राउ परेकी हुन् ।
जुम्लाका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिका अनुसार घटना पछि पीडित पत्रकार शाहीले प्रहरीमा दिएकी जाहेरीको आधारमा पक्राउपुर्जी जारी गरिएको थियो । प्रहरीका अनुसार आक्रमणमा संलग्न शाहीलाई चन्दननाथ नगरपालिका ६ बाट बुधबार पक्राउ गरिएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भईरहेको छ ।



