क्रान्तिकारी आमा


सत्य पहाडी
म भक्तपुरको क्यान्सर हस्पिटलमा थिए । आमा लाई अन्तिम चरणको क्यान्सर भएकाले बास हस्पिटलमा नै हुन्थ्यो । आमालाई उच्च ज्वरोले च्यापेको थियो । आमा निदाउन सक्नु भएको थिएन । त्यो क्षण मेरो लागि अलि परिक्षणको क्षण नै थियो । राती १२ बजेको थियो । मोबाईलको घण्टी बज्यो । फोन उठाए । अवाज चिने त्यो आवाज आदरणी हाम्रो अभिभावक कमरेड सिता दाहालको थियो । आमालाई कस्तो छ ? तपाईलाइ एक्लै सम्हाल्न गाह्रो भयो होला है ? उहाले चिन्तापुर्वक सोधिरहनु भएको थियो । सबैको बारेमा त्यसरी चिन्ता गर्ने एक उहा नै हुनुहुन्थ्थो । समवेदना मर्दै गैरहेको मान्छेको दुनियामा देश र दुनियाको निम्ति लडेका योद्धाहरुको चिन्तामा संवेदनशिल एक मान्छे त्यो नेता नै हो । भलै नेता हुनुको फाईदा उहाले कहिल्यै उठाउनु भएन । उहाको सोचाईको दायरा, उहाँको चिन्तनको प्रकृतीमा साच्चै उच्चता थियो । उहामा भएको क्षमाता, दक्षता र कुशलतालाई त्यो तहबाट धेरैले बुझ्ने र चिन्ने अवस्था थिएन । कुनै पनि बेला उहाले त्यहि अनुसारको अवरको लागि लोभ गर्नु भएन ।
श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको जिवन संगिनी मात्र होईन आदरणिय कमरेड सिता दहाल कुशल सल्लाहाकार जस्तै बनेर क्रन्तिमा आफ्नो भुमिका सफलतापुर्वक निर्वाहा गरीरहनु भयो । उहा हुन्जेल श्रद्धेय कमरेड प्रचण्डको सचिवालयका बारेमा अनावश्यक चिन्ता गर्नु पर्ने स्थिती बनेन । हाम्रो लागि उहा जहिले पनि आदरणिय रहनु भयो र उदाहरणिय आदर्श बन्नु भयो । सधै भरि हाम्रा लागि सहि मार्गदर्शक बनिरहनु भयो । उहाकहा पुग्न अलि ढीला भयो भने आफैले फोन गरेर या त अरु मार्फत हालखवर बुझीहाल्नु हुन्थ्यो । त्यो रात पनि उहाले नियमित जसो हालखवर सोध्नु भयो । पार्टी पनि बेला सबै त्यसो त प्राय जसो उहासंग कुरा हुन्थ्यो नै । डुब्दै गरेको घाम जस्तै मेरी आमाले मलाई छोडदैछिन भन्ने थाहा भएको पिडाको क्षण निकै नजिकबाट सान्त्वना दिन पटक पटक फोन गरीरहनु हुन्थ्यो । आमाको अन्तिम उपचार सम्म आदरणिय कमरेड सीता म्याडमले हरेक हिसावले पुर्ण साथ दिनु भयो । उहा मेरो लागि मात्र होईन सम्पुर्ण क्रान्तियोद्धाहरुको निम्ति कर्मदिने क्रान्तिकारी आमा हुनुहुन्थ्यो ।
तिन छोरी एक छोराको लालन पालनको जिम्मेवारी आफैले लिएर जिवनसाथीलाई क्रान्तिको यात्रामा होमिने अवसर प्रदान गर्ने आदरणिय सीता दाहाल नेपाली महिलाहरुको निम्ति प्रेरणको श्रोत हुनुनुन्थ्यो । शुरुवातमा अध्यक्ष कमरेड प्रचण्डलाई क्रन्तिकारी आन्दोलनको नेतृत्व गर्न ब्यवहारीक रुपमा सहयोग पु¥याई रहेकी आदरणिय कमरेड सीता महान जनक्रान्तिको थालनी पश्चात क्रान्तिका सबै उतार चढावहरुमा अध्यक्ष कमरेड प्रचण्डको साथमा रहेर नेतृत्वको रक्षा र बिकासका साथै पार्टीको सल्लाहाकारको भुमिका कुशलतापुर्वक निर्वाहा गर्नु भयो यति मात्र होईन आफ्ना सन्ततीहरुलाई क्रान्तिकारी आन्दोलनमा सरीक गराउने एक क्रान्तिकारी आमाको भुमिकामा समेत आफुलाई स्थापीत गर्नु भयो ।
पार्टी भित्रका बिभिन्न अन्तर संघर्षहरुलाई ब्यवस्थापन गर्न नेताहरु बिच समन्वय र समामन्जस्यता कायम गराउन उहाले खेल्नु भएको भुमिकाका बारेमा हामीले सुन्ने गथ्र्यौं । प्रवासमा रहदा होस वा रोल्पा रुकुमका ग्रामिया बस्तिहरुमा रहदा होस क्रान्ति प्रतिको बिश्वास आश्था र प्रेममा अविचलीत आदरणिय कमरेड सीता साच्चीकै नेपाली जनक्रान्तिकी आमा हुनुनुन्थ्यो भन्दा अतिशयोक्ति हुने छैन ।
मुलुकमा भएको युगन्तकारी परिवर्तन पश्चात बालुवाटारमा देशको प्रथम महिलाको रुपमा रहदाको अवस्थामा समेत उहामा रहेको सरलता सहजता र जिम्मेवारीपुर्ण भावना साच्ची नै प्रशंसनिय र अनुकरणीय रहेको थियो । दुई दुई पटक बालुवाटारमा रहदा कुनै पनि समय उहाँको बारेमा कसैले औला ठड्याउने र नकरात्मक टिप्पणी गर्ने अवस्था आएन । यो आम मुक्तिकामी र परिवर्तनकामी जनसमुदायको निम्ति गौरवको बिषय हो । उहाँ सदैव भन्ने गर्नु हुन्थ्यो परिवर्तनले साच्चीकै जनता र मुलुकको जिवनमा परिवर्तन ल्याउनु पर्दछ । उहाँका यीनै र यस्तै बिचरहरुले नै उहाँ सबै परिवर्तनकामीहरुको लागि सदैव सम्मानको पात्र अनि प्रेरणाको पुञ्ज बनिरहनु भयो र बनिरहनु हुनेछ ।
साढे तिन दशक भन्दा बढी अर्धभूमिगत र भूमिगत जीवन व्यतित गरेका क्रान्तिकारी नेताको जीवन र्सगीनीको रुपमा उहाँले के कस्ता दुख र पिडाहरु बेहोर्नु प¥यो होला अनुमान गर्न त्यती कठिन नहोला । हरेक मानिस संग समस्याको सामना गर्ने क्षमताको सिमा पनि हुन्छहोला । युद्ध प्रक्रियामा भौतिक रुपले अलग थलग हुन पुगेको परिवार शान्ति प्रक्रिया संगै एकत्रित हुदै गैरहेको थियो त्यसै बिचमा जेठी छोरी ज्ञानु दहाल र एकमात्र छोरा प्रकाशको असामायिक निधनले उहाँमाथी चर्को पिडा थपिदियो । क्रमश उहाँ भौतिक रुपले शिथिल हुदै जानु भयो र २०८० असार २७ गते हामीबाट सदाको लागि भौतिक रुपमा बिदा हुनु भयो । भौतिक रुपले हामीबाट छुटेर गए पनि उहाँ हामी सबैको निम्ति एक आदर्श आमा, प्रेरणा र मार्ग दर्शक भएर सदैव रहिरहनु हुनेछ । हार्दिक श्रद्धाञ्जली आदरणिय कमरेड सीता दाहाल । हार्दिक सम्मान क्रान्तिकारी आमा ।
लेखक तथा राजनीतिज्ञ हुनुहुन्छ ।





error: Content is protected !!