खाद्यान्न आपुर्ती तथा निर्यात गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग सम्झौता

सुर्खेत , २५ पुस ः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग खाद्यान्न आपुर्ती तथा निर्यातका लागि नलगाड नगरपालिकाले सम्झौता गरेको छ ।

स्थानीय रैथानी उत्पादनलाई बजारीकरण गर्न र कम्पनीले उत्पादन गरेको बस्तु आवश्यकता आधारमा आपुर्ती गर्नका लागि दोहोरो सम्झौता भएको नगरप्रमुख डम्वरबहादुर रावतले जानकारी दिए । सम्झौता पत्रमा खाद्य संकट ग्रस्त क्षेत्र तथा विपन्न जनताको खाद्य सुरक्षाको सुनिश्चितामा योगदान गर्दै प्रतिस्पर्धात्मक वातावरणमा गुणस्तरीय खाद्यान्न लगायतका अत्याआवश्यकिय बस्तु तथा सेवाको सहज , आपुर्तीमा बजार निर्माताको भूमिका खेल्ने सहमति भएको उल्लेख गरिएको छ ।
स्थानीय स्तरमा उत्पादन भएका रैथाने बाली बजारीकरणमा प्रालिले सहयोग गर्ने सम्झौतामा उल्लेख गरिएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिनुभयो  ।

कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश आचार्य र नलगाड नगरपालिकाको तर्फबाट नगरप्रमुख डम्वरबहादुर रावतले हस्ताक्षर गरेर सम्झौता भएको हो । त्यस्तै विद्यालयमा वितरण हुने दिवा खाजाका लागि कम्पनीले खाद्यान्न नगरपालिकालाई उपलब्ध गराउने सहमति समेत भएको छ ।

पालिकाबाट गाउँ ,गाउँमा विक्री केन्द्र स्थापना गर्नका लागि पालिकाले पहल लिने भएको छ । प्रालिले अब स्थानीय तहसँग सहकार्य गरेर खाद्यान्न संकट तथा आपुर्तीमा सहयोग गर्ने उदश्य लिएको अधिकृत आचार्यले बताए ।





error: Content is protected !!