भाडा बढ्यो सार्वजनिक यातायातको

काठमाडौँ ः यातायात व्यवस्था विभागले सोमबारदेखि लागू हुने गरी सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको छ ।

विभागका अनुसार अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाइएको हो । यात्रुवाहक सवारीको भाडा ३.३० प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ०.०५ प्रतिशतले भाडादर वृद्धि भएको विभागले जनाएको छ ।

gadi-bhada-1736163456





error: Content is protected !!