अहिलेको सरकार काँग्रेसको बलमा टिकेको छ ः नेता सिटौला

काठमाडौँ ः नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार नेपाली काँग्रेसको बलमा टिकेको बताएका छन्। बिहीवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेसको बलमा सरकारमा रहेको दावी गरे। उनले काँग्रेसको सहारामा प्रधानमन्त्री बनेकाले काँग्रेसबेगर सरकार एक्लै अगाडि बढ्न नसक्ने बताए।

उनले अहिलेको सरकार विशेष परिस्थितिबाट निर्माण भएकाले यसलाई जोगाएर लैजानुपर्ने आवश्यकता रहेको बताए। उनले बनिसकेको सरकारलाई बीचमा भत्किन दिनु नहुने बताए। सरकार जोगाउनका लागि जोगाउने नभई सरकारका नीति र व्यवहारबाट जनताका बीचमा काम गर्नुपर्ने बताए।

नेता सिटौलाले भने, ‘केपी ओली प्रधानमन्त्री हाम्रो बल र सहारामा हुनुहुन्छ। हामीबेगर उहाँ अगाडि जान सक्नुहुन्छ भनेर कोही पनि कल्पना गर्न सक्दैनौँ। एउटा विशेष परिस्थितिबाट निर्माण भएको सरकार हो यो। यसलाई हामीले जोगाएर लैजानु पनि छ। बनिसकेपछि यसलाई बीचमा भत्किन दिनु पनि भएको छैन हामीले।’

नेता सिटौलाले नेपाली काँग्रेस पार्टीले सिंगो समाजलाई नेतृत्व दिन सक्नुपर्ने बताए। अहिलेदेखि नै महाधिवेशनको तयारी गर्न आवश्यक नरहेको उनको कथन छ। थाहाखबर





error: Content is protected !!