खानेपानी र विद्युत सेवा अनियमित हुँदा स्थानीयलाई सास्ती

मुगु ः मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा विद्युतदेखि खानेपानी र इन्टरनेट अनियमित हुँदा स्थानीयले दैनिक सास्ती भोग्नुपरेको छ। नियमित नहुँदा र छायाँनाथ रारा नगरपालिकाका १ देखि १४ वडासम्मका गरी ३,२०० घरधुरीमा विद्युत सेवा अनियमित हुँदा स्थानीयले दैनिक सास्ती भोग्नुपरेको छ।

छायाँनाथ रारा नगरपालिका वडा नं १ स्थानीय समाजसेवी नृपेन्द्र बहादुर मल्लले गएको साता देखि जिल्लामा विद्युत, खानेपानी र इन्टरनेट अनियमित हुँदा यहाँका स्थानीयले सास्ती खेप्नु परेको छ। उहाँले भन्नुभयो सदरमुकाम गमगढी बजारमा इन्टरनेट राम्रोसँग नचल्दा सञ्चारकर्मी प्रत्यक्ष मारम परेको उहाँले गुनासो गर्नुभयो ।

यता छायाँनाथ रारा नगरपालिका वडा नं ७ का पंच बहादुर रावलका अनुसार जिल्लामा विद्युत नियमित नहुँदा यहाँका स्थानीय व्यापारीले एक प्रती फोटोकपी गरे बापत २० रुपियाँ लिने गरेका छन्।

नेपाल विद्युत प्राधिकरण मुगुका कार्यालय प्रमुख साजन ऐडीका अनुसार नाग्म गमगढी ३३ केभीको लाईन निर्माण व्यावसायी श्री दावाँ सिं जेभीले मर्मत गर्नलागेको ले विद्युत सेवामा अनियमित हुनगएको हो। पुस ४ गते सम्म उक्त निर्माण व्यावसायीले मर्मत कार्य सम्पन्न गरेपछि पुस ५ गतेबाट जिल्लामा नियम विद्युत सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

यता नेपाल टेलिकम शाखा कार्यालय मुगुका प्रमुख देवराज आचार्याका अनुसार जिल्लाको इन्टरनेट सेवामा दुईवटा प्रविधीले सञ्चालन हुँदै आएको छ। फाइपयमविपियस र फोजी । उहाँले भन्नुभयो जिल्लामा दुइटा फोजीका टावरमा विद्युत जडान भएकोले उक्त टावरमा व्याकप पावर नहुँदा हिजोआज विद्युत अनियमितका कारणले गर्दा राम्रोसँग काम नगरेको हो। स्रोत ः गोरखापत्र





error: Content is protected !!