कर्णाली प्रदशकै सरुवा रोग अस्पताल निर्माण कार्य सुरु
सुर्खेत ,४ पुस ः रु ३१ करोडको लागतमा कर्णाली प्रदेशको भेरीगंगा नगरपालिका– १२ छिन्चुमा कर्णाली प्रादेशिक सरुवा रोग अस्पताल निर्माण कार्य सुरु गरिएको छ ।
संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेतको रु ३१ करोड २१ लाख ४६ हजार ५०४ रुपैयाँमा उक्त भवन निर्माण कार्य सुरु गरिएको हो । २०८१ साउन १३ गते देखि निर्माण कार्य सुरु भएको उक्त अस्पताल २०८३ साउन १२ गते निर्माण कार्य पुरा हुने लक्ष्य राखिएको छ । २४ महिना भित्र निर्माण कार्य पुरा गर्ने लक्ष्यका साथ कामको जिम्मेवारी चर्केश्वारी कुशेश्वार सि एल जेभी काठमाडौँले लिएको छ ।
पहिलो चरणमा निर्माण व्यवसायीलाई पेश्की स्वरुप १ करोड ३५ लाख अर्थात ५ प्रतिशत रकम भुक्तानी गरिएको छ । भवनको लम्वाई ५२.६ मिटर , २२.५ मिटर चौडाई रहने कार्यालयका प्रमुख कमल दर्लामीले जानकारी दिए । भवन निर्माण स्थलमा हाल माटो निकाल्ने काम , भुइतला भन्दा तलको काम जारी रहेको छ ।
आज उक्त निर्माणधिण भवनको पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खडकाले शिलान्यास गर्नुभयो । भेरी करिडोरका साथै कर्णाली करिडोरको बीचमा पर्ने छिन्चुमा निर्माण हुने अस्पतालले यस क्षेत्रका स्थानीयबासीलाई सघाउ पुग्ने उपसभापति खडकाले जानकारी दिए । ५० शश्याको उक्त अस्पताल समयमै निर्माण गर्ने निर्माण व्यवसायीले प्रतिवद्धता व्यक्त गरेका छन् । यत्ता बीरेन्द्रनगरमा प्रदेश अस्पताल रहेको छ भने मेहलकुनामा ५० श्शयाको अस्पताल रहेको छ ।
भवन शिलान्यास गर्दै खड्काले पूर्वी सुर्खेती जनताको लामो समयदेखिको मागलाई जग्गा अधिग्रहण प्रक्रियाले तीन वर्ष ढिलाई भएपनि अब भने अस्पताल भवन निर्माण प्रक्रियाले निरन्तरता पाउने बताउनुभयो ।
विकास, उन्नति र प्रगति कुनै एक ठाउँका लागि नहुने बताउँदै उनले प्रादेशिक सरुवा रोग अस्पतालले सिंगो कर्णालीका जनतालाई स्वास्थ्य सेवा पु¥याउने विश्वास व्यक्त गनुभयो । कतिपय योजना निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीका कारण समयमै काम नहुने अवस्था रहेको बताउँदै उनले विकास÷निर्माणमा छुटाइएको बजेटलाई समयमै सदुपयोग गर्ने वातावरण बनाइनुपर्नेमा जोड दिनुभयो ।