काठमाडौँमा आज वर्षकै सबैभन्दा चिसो, तापक्रम २ डिग्री सेल्सियस
काठमाडौं ः काठमाडौंमा शनिबार यो वर्षकै चिसो महसुस गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान न्यूनतम तापक्रम २ २ डिग्री सेल्सियसमा झरेको छ।
यसअघि महाशाखाले बिहान पौने ६ बजेको न्यूनतम तापक्रम २५ डिग्री सेल्सियस रहेको बताएको थियो। शुक्रबारको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस थियो।
महाशाखाले शनिबार बिहान ८ः४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ।