सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ ः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू. एक हजार दुई सय र चाँदी प्रतितोला रू. ६५ घटेको हो ।
बिहीबार सुन प्रतितोला रू. एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला रू। एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी चाँदी बिहीबार प्रतितोला रू. एक हजार नौ सय २५ मा कारोबार भएकामा आज रू। एक हजार आठ सय ६० मा किनबेच हुने महासङ्घले जनाएको छ ।