चार सय रुपियाँले बढ्यो सुनको मूल्य
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/104945903_959319157829399_8841068040820604036_n.jpg)
काठमाडौं ः नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपियाँले बढेर एक लाख ५० हजार एक सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि आइतबार सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपियाँमा रहेको थियो । यसैगरी, आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/105490204_272609163822954_6761638499778742578_n.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123456.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/bheri-1.jpg)