८४ करोडको हतियार खरिद गर्ने प्रहरीको प्रस्ताव अलपत्र
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/104945903_959319157829399_8841068040820604036_n.jpg)
काठमाडौँ ः भिड नियन्त्रणमा आवश्यक सामग्री र साना हतियार खरिद गर्नुपर्ने प्रहरीको प्रस्ताव अलपत्र परेको छ । ८४ करोड मूल्य बराबरको हतियार खरिद प्रस्ताव दुई वर्षदेखि अलपत्र परेको प्रहरी अधिकारीहरू बताउँछन् ।
२०७८ चैत्र २ मा अर्थ मन्त्रालयले ८४ करोड मूल्य बराबरको हतियार खरिद गर्न प्रहरी प्रधान कार्यालयलाई स्वीकृति दिएको थियो । त्यसपछि प्रहरीले तयार गरेको सामान खरिद सम्बन्धी गुरुयोजना २०७९ वैशाख १९ मा गृह मन्त्रालयले स्वीकृत गरेको थियो ।
२०७९ वैशाख २९ मा बोलपत्र आह्वान गरेर ‘खरिद सम्झौता’मा भएपनि प्रतितपत्र खेल्न नसक्दा खरिद प्रक्रिया अड्किएको प्रहरी अधिकृतहरू बताउँछन् ।
अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएपनि रकम निकासा नहुँदा प्रतितपत्र खोल्न नसकेर सो प्रस्ताव अलपत्र गरेको प्रहरीका एकजना उच्च अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘स्रोत सुनिश्चित गरेपनि प्रतितपत्र खोल्न अर्थ मन्त्रालयले रकम नदिँदा दुईवर्ष भन्दा लामो समयदेखि प्रक्रिया रोकिएको छ ।’
प्रहरी प्रधान कार्यालयले विदेशी कम्पनी मिनरवाको स्थानीय एजेन्ट मर्करी टे«डिङ प्रालि लाजिम्पाटसँग खरिद सम्झौता गरेको थियो । खरिद सम्झौता गरेपछि राष्ट्रबैंकमा प्रतितपत्र खोलिन्छ । तर, फर्म छनोट भएपनि प्रतितपत्र खोलिएको छैन ।
प्रहरी प्रधान कार्यालयले ग्याँसगन, सटगन, १६ हजार थान पेस्तोल, ३ लाख थान रबरको थोली र २४ हजार टियर ग्याँस खरिद गर्न प्रस्ताव गरेको छ । २०७८ फागुन १६ बाट प्रक्रिया सुरु गरिएको प्रहरी अधिकारीहरू बताउँछन् ।
ग्याँस सेल र रबर बुलेटको मौज्दात थोरै
आन्दोलनको मौसम सुरु भएपनि भिड नियन्त्रणमा आवश्यक टियर ग्याँस सेल र रबर बुलेट मौज्दात थोरै मात्र रहेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीका एकजना उच्च अधिकृत भन्छन्, ‘रबर बुलेट मौज्दात थोरै छ, भीआईपीको सुरक्षाको लागी आवश्यक सामग्री पनि छैन ।’
सुरक्षा, सामरिक वा प्रतिरक्षा सामग्री आपूर्ति कार्यविधि–२०६४ को दफा ३ (क) र कार्यविधि (४) (३) बमोजिम प्रहरीले हतियार खरिद प्रस्ताव अघि बढाएको हो । स्रोत ः रातोपाटी
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/105490204_272609163822954_6761638499778742578_n.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123456.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/bheri-1.jpg)