एनपीएल ः सुदूरपश्चिमले काठमाडौँलाई दियो १६८ रनको लक्ष्य
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/104945903_959319157829399_8841068040820604036_n.jpg)
काठमाडौँ ः नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई एक सय ६८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिले ब्याूिटङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनायो ।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले ५३ रनको अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ३६ बलमा तीन चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ४३, ओपनर बिनोद भण्डारीले ३५ र सईफ जैफले ११ रन बनाउनुभयो ।
बलिङमा काठमाडौँका रसिद खानले दुई विकेट लिनुभयो । साहब आलम, जेरार्ड इरसमस र करण केसीले एक एक विकेट लिनुभयो ।
दोस्रो खेल खेलेको सुदूरुपश्चिम लगातार दोस्रोे जित निकाल्ने दाउमा छ । सुदूरुपश्चिमले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले हराएको थियो । यता तेस्रो खेल खेलेको काठमाडौँ पनि दोस्रो खेल जित्ने लक्ष्यमा छ ।
यसअघि बिहान भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/105490204_272609163822954_6761638499778742578_n.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123456.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/bheri-1.jpg)