प्रदेश रंगशाला जोडने आन्तरिक सडकको निर्माण कार्य तिब्र
सुर्खेत , कर्णाली प्रदेशको राजधानी सुर्खेत बीरेन्द्रनगर – ८ भित्र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले निर्माण गर्न लागेको सडकको कामलाई तिब्रता दिइएको छ । प्रदेश रंगशालालाई जोडने आन्तरिक सडकहरु निर्माण कार्य तिब्र बनाएको हो ।
१० औँ राष्ट्रिय खेलकुद हुने कर्णाली प्रदेशको प्रदेश रङ्गशालाको पूर्व र दक्षिण हुँदै क्याम्पस जोडने सडकलाई कालोपत्रे गर्ने काम तिब्र बनाएको छ । प्राय उच्च पदस्थ कर्मचारी तथा मन्त्रीहरुको सवार हुने यो सडकलाई निर्माण गर्नका लागि प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ५ करोड ७४ लाखमा ठेक्का लगाएर न्यू दिपक लक्षमण जेभीले काम गर्दै आएको छ ।
उक्त निर्माण भइरहेको सडकहरु पुस १५ गते भित्र सम्पन्न गर्ने लक्ष्य लिएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभयो । आज मात्र उक्त सडकको मुख्यमन्त्री यामलाल कंडेल , भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढाले अनुगमण गनुभयो ।