धवनको ७२ रनको मद्दत, कर्णालीले दियो १५० रनको लक्ष्य

काठमाडौं ः कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ गरेको कर्णालीले ५ को विकेटको क्षतिमा १४९ रन बनायो। कर्णालीका लागि शिखर धवनले अविजित ७२ रन बनाए।

कर्णाली र काठमाडौं दुवै टोलीले यसअघि १–१ खेलिसकेका छन्। जसमा यी दुवै टोली पराजित भएका छन्।

काठमाडौं गुर्खाजलाई चितवन राइनोजले पराजित गरेको छ भने कर्णाली याक्सलाई जनकपुर बोल्ट्सले स्तब्ध पारेको छ। यी दुई टोली मैदानमा उत्रँदा नेपाली राष्ट्रिय टोलीका दुई अनुभवी पेस बलरमा दर्शकको नजर रहनेछ।

याक्सका मार्की खेलाडी सोमपाल कामी र गुर्खाजका मार्की करण केसी दुवै राष्ट्रिय टोलीका अनुभवी पेस बलर हुन्।




सम्बन्धित समाचार


error: Content is protected !!