अक्सनमा ‘अनलक्की’ भयौँ ः सन्दीप

काठमाडौँ ः नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोसो हार खेपेपछि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफ्नो टोली अक्सनमा ‘अनलक्की’ भएको बताउनुभएको छ ।

‘‘दोस्रो खेलसम्म हामी सबै खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका छैनौँ । सुरुवातमा राम्रो भए पनि अवसरलाई क्याच गर्न सकेनौँ । आगामी खेलमा सुधार गर्नेछौँ । ब्याट्सम्यान पाउन अक्सनमा पनि हामी ‘अनलक्की’ भयौँ,’’ सन्दीपले भन्नुभयो ।

मङ्गलबार (आज) बिहान भएको खेलमा विराटनगर सुदूरपश्चिम रोयल्ससँग ९० रनको फराकिलो अन्तरले पराजित भयो । यस खेलमा पूरै चार ओभर बलिङ गर्नुभएका सन्दीपले विकट लिन सक्नुभएन । यसअघि उद्घाटन खेलमा विराटनगर जनकपुर बोट्ल्ससँग आठ विकेटले पराजित भएको थियो ।

यस्तै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिलो जितले टोलीमा उत्साह थपेको बताउनुभयो । ‘‘आज विकेट अलि स्लो थियो । तर विस्तारै राम्रो भयो । आगामी खेलमा थप राम्रो गर्दै जानेछौँ,’’ दीपेन्द्रले भन्नुभयो । गोरखापत्र




सम्बन्धित समाचार


error: Content is protected !!