एनपीएल ः सुदूरपश्चिमको सानदार सुरुवात

काठमाडौँ ः कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सानदार सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा सुदूरपश्चिमले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सलाई ९० रनले हरायो ।

सुदूरपश्चिमको यो पहिलो जित हो । विराटनगरले लगातार दोस्रो हार खेपेको छ । यसअघि पहिलो खेलमा विराटनगर जनकपुर बोट्ल्ससँग आठ विकेटले पराजित भएको थियो ।

जितका लागि एक सय ८३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको विराटनगरले १६।१ ओभरमा सबै विकेटको क्षतिमा ९२ रन मात्र बनाउन सक्यो ।

विराटनगरको सुरुवाती ब्याटिङ लाइन कमजोर बन्यो । ओपनर मार्टिन गुप्टिल शून्य र लोशक बम दुई रनमा आउट हुनुभयो । त्यसपछि निकोलस किर्तनलाई पाँच रनमा गुमाएको विराटनगरका लागि बसिर अहमदले २४ र राजेश पुलामीले १५ रन जोड्दै उकास्ने प्रयास गर्नुभयो ।

त्यसपछि अनिल खरेलले अविजित १० रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न नसक्दा विराटनगर सस्तैमा समेटियो ।

बलिङमा सुदूरपश्चिमका स्कट कुग्लेजिन र अविनाश बोहराले तीन तीन विकेट लिनुभयो । ब्रान्डन म्याकमुलेन, इशान पाण्डे र सेफ जईवले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८२ रन बनाएको थियो ।

यो योगफ जारी लिगको सबैभन्दा ठूलो योगफल हो । यसअघि, सोमबार भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध एक सय ४१ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका लागि दीपेन्द्रले २४ बलमा पाँच छक्का र तीन चौकाको सहयोगमा अविजित ५७ रन बनाउनुभयो । यस्तै ब्रान्डन म्याकमुलेनले ३६, विनोद भण्डारीले २३, इशान पाण्डेले २१ र सेफ जैफले १४ रन बनाउनुभयो ।

बलिङमा विराटनगरका लागि अनिल खरेलले तीन विकेट लिनुभयो । यस्तै क्रिस सोले, इस्मत अलाम र बसिर अहमदले समान एक विकेट लिनुभयो । पुरै चार ओभर बलिङ गर्नुभएका कप्तान सन्दीप लामिछानेले विकेट लिन सक्नुभएन । स्रोत ः गोरखापत्र




सम्बन्धित समाचार


error: Content is protected !!