“निजामति कर्मचारी बन्ने रहर गरेका सिंह बने दोस्रो कार्यकालका लागि प्रधानाध्यापक”

जाजरकोट ः कुशे गाउपालिका ७ समाकोट जाजरकोटमा २०४० साल माघ १९ गतेका दिन बुवा हंश बहादुर सिंह र आमा जैकलादेवी सिंहको माहिलो सन्तानको रुपमा जनक बहादुर सिंहको जन्म भएको हो । उनको परिवार गाउमा मध्यम वर्गिय परिवारको रुपमा चिनिथ्यो । बुवा गाउकै विद्यालयमा शिक्षक हुनुहुनथ्यो भने आमा कृषि कर्म गर्नुहुन्थ्यो । चार दाजुभाइ र दुई दिदिबहिनीको तेस्रो र भाइको दोस्रो सन्तानको रुपमा सिंह हुनुहुनथ्यो ।
गाउकै श्री लक्ष्मि प्राप्ती मावि कुशे गाउपालिका ५ खुर्पाबाट एसएलसि पास गरेका उनी ११/१२ पढनका लागि सदरमुकामको त्रिभुवन मावि खलंगामा भर्ना भएका थिए भने उच्च शिक्षाका लागि सुर्खेत झरेका थिए ।सुर्खेत क्याम्पस शिक्षाबाट नेपाली मूल विषय लिएर २०६८ सालमा स्नाकोत्तर (एमएड) गरेका सिंह प्रावि राहत मावि राहत शिक्षक हुदै २०७२ सालमा मावि तहको नेपाली विषयमा स्थायी शिक्षक हुनुभयो । २०६२ सालमा बिहेबारीमा जोडिएका सिंहको दुई छोरी र एक छोरा रहेका छन भने जिबन संगिनी पनि शिक्षक हुनुहुन्छ । बिहेबारीको समयपछि संगत निजामति कर्मचारीको अब्बल क्षमतावान प्रशासक जाजरकोट जिल्लाकै कुशे गाउपालिका २ मा जन्मिइ हाल बुढानिलकण्ठ नगरपालिकाका काठमाण्डौंको शिक्षा महाशाखा प्रमुख ललित बिक्रम सिंहसंग जोडिन पुग्यो । नाताले साढुदाइ पर्नुभयो । उहाँकै प्रेरणासहितको संगतले २०६८ सालमा स्नाकोत्तर सकेपछि निजामति कर्मचारी बन्नुपर्छ भन्ने भावना जाग्यो र निजामतिको रहर पलाए संगै शिक्षा प्रास (नायब सुब्बा) तिर उनले जोडबल गरे ।
यसै क्रममा निजामतिको रहर पुरा गर्नका लागि २०६९ सालमा लोकसेवा आयोगको कार्यालय सुर्खेतबाट पहिलोपटक लिखित नाम निकाले र अन्तर्वार्ता असफल भए । लगतै २०७० सालमा लोकसेवा आयोगको कार्यालय धनकुटा र २०७२ सालमा लोकसेवा आयोगको केन्दिय कार्यालय कमलपोखरी काठ्माण्डौबाट लिखितमा नाम निकाले तर अन्तरवार्तामा असफल भए । साथै शिक्षक सेवा आयोगको प्रथम विज्ञापनमा पनि लिखित पास गरि अन्तर्बार्ताम असफल भए । लोकसेवा र शिक्षक सेवा आयोग गरि पाचौंपटकको लिखित पास संगै स्थायी शिक्षकको रुपमा नाम निकालेका सिंह त्यो बेलाको निजामति हुने रहर त अहिले सम्झन पनि गार्हो छ भन्नुहुन्छ किनकि मेहनतको नापजोख गर्न सकिएन र मेहनतलाई परिणाममुखि बनाउन सकिएन । साढु दाइ नै निजामति कर्मचारीको अब्बल कर्मचारी भएकाले निजामति कर्मचारी बन्ने रहर हुदाहुदै पनि शिक्षक बनेका सिंह करिब अढाई वर्ष बाग्लुङ जिल्लामा स्थायी शिक्षकको रुपमा काम गरि २०७५ सालमा श्री शिखर मावि रामघाट सुर्खेतमा सरुवा भएर आउनु भयो ।
२०७८ सालमा पहिलोपटक प्रधानाध्यापक बनेका सिंह थुपै राम्रा काम गरेर कार्यसम्पादनमा उत्कृट्ट गरेका कारण हाल पुनः द्रोसो कार्यकालका लागि ५ वर्षका लागि प्रधानाध्यापक बनेका छन । उहाँ थप्नुहुन्छ निजामति हुने रहर हुदाहुदै पनि शिक्षक भैयो । ऊनी बताउछन देखेको हुने रहिनछ लेखेको हुने रहिछ किनकि ऊनले लोकसेवामा गरेको लगानीले मलाई त्यहि कुराको अनुभूति दिलाउछ । अझ दोस्रो कार्यकालका लागि प्रधानाध्यापक पनि भैयो । अब शिखर मावि रामघाटको उन्नति प्रगति सम्वृद्दि र शैक्षिक गुणस्तर अभिवृद्दिमा निरन्तर लागि पर्ने बताउनुहुन्छ ।










