जाजरकोटको नलगाड नगरपालिकामा उपनिर्वाचन ः उपप्रमुख पदमा ६ जनाको मनोनयन दर्ता

मोहन जंग शाही
जाजरकोट ,२ मंसिर ः मंसिर १६ गते हुने उपनिर्वाचनका लागि जाजरकोटको नलगाड नगरपालिकामा ६ वटा राजनीतिक दलका उम्मेदवारले दलवलका साथ आइतबार मनोनयनदर्ता गराएका छन् ।
मुख्यविर्वाचन कार्यालयमा गई मनोनयनदर्ता गराएको हो । प्रमुख राजनीतिक दल नेपाली कांग्रेस बाट इन्द्रा चन्द (सिह) नेकपा (एमाले)बाट सुनिता बोहरा, नेकपा (माओवादी केन्द्र) बाट देवका लामिछाने , राष्ट्रिय स्वतन्त्र पार्टी बाट पार्बती पुन ,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बाट सुनिता पुन रावल र नेपाल समाजवादी पार्टी बाट पवित्रा जैसीले आफ्नो मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतका अनुसार निर्वाचन प्रक्रिया स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक तयारीहरू भइरहेको बताए ।
गत स्थानीय चुनावमा निर्वाचित उपप्रमुख सरिता सिंह को भूकम्पमा परि निधन भएपछि उक्त पद खाली रहेको थियो । सो पद पूर्ति गर्न उपनिर्वाचन हुन लागिएको हो। नलगाडमा माओवादीले प्रमुख जितेको छ । यो भन्दा अघिल्लो कार्यकाल पनि माओवादीकै सरकार यहाँ चलेको थियो । अहिले पनि कार्यपालिकामा माओवादीकै बहुमत रहेको छ । आज मनोनयनदर्ता गर्दा पनि माओवादीकै जुलस ठुलो रहेको थियो । आज भएका कार्यक्रममा माओवादी नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत , कांग्रेसका प्रवक्ता डाक्टर प्रकाससरण महत दल्ली पुगेको थिए



