जुनिचाँदेका उपाध्यक्षले दैनिक मदिरासेवन गर्दा काम गर्नै मुस्किल

मोहनजंग शाही
सुर्खेत ः जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले दैनिक मदिरा सेवन गरेर जथाभावी गर्दा काम गर्न समस्या भएको कर्मचारीले बताएका छन् । मदिरा सेवन गरेर कार्यकक्षमा अश्लिल बोल्दै काममा बाधा पर्ने काम भएको कर्मचारीले पीडा सुनाएका छन् ।

जती सम्झाई , बुझाई गर्दा पनि उपाध्यक्ष शाहीको हर्कत नसुर्धिने अवस्थामा पुगेपनि आफूहरु हैरान भएको कर्मचारी बताउँछन् । नेपाली कांग्रेसबाट निर्वाचित शाही मदिरा सेवन गरेर कर्मचारीको कार्यकक्षमा गएर बिभिन्न व्यक्तिहरुलाई इनधन दिन , बियर खरिद गरेर ल्याउन दबाब दिदै आएको कर्मचारीले बताएका छन् । उपाध्यक्ष शाहीको मदिरा सेवन गरेर कार्यकक्षमा अश्लिल बोल्दै गरेको भिडियो समेत बाहिरिएको छ । सेवाग्राहीलाई बियर खाउ भन्दै अश्लिल बोलिरहेको उक्त भिडियोमा हेर्न र सुन्न सकिन्छ ।

यो विषयमा उनीसँग सम्पर्क गर्न खोज्दा फोन उठाएनन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडक परियारसँग सम्पर्क गर्दा आफू केही नबोल्ने बताए । उनले , जे देख्नुभएको छ त्यही नै सही होला मलाई किन सोध्नुहुन्छ उनले भने





error: Content is protected !!