स्थानिय तह उपनिर्वाचन ः महाबुमा एक पदमा सात उम्मेदवार

दैलेख ः यहीँ मंसिर १६ गते हुने आशन्न उपनिर्वाचनका लागी दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा विभिन्न पार्टीका सात जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालय महाबुले सार्वजनिक गरेको उम्मेदवार बिववरण अनुसार अध्यक्षमा पदमा नेकपा एमालेबाट जंगबहादुर शाही सहितका सात जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा बिजयी भएका शाही २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एकिकृत समाजबादी र माओबादी केन्द्रको सयुक्त गठबन्धनबाट उम्मेदवार भई नेपाली काँग्रेसका लछुमुन गुरुङसँग पराजीत भएका थिए ।
यस्तै, नेपाली काँग्रेसबाट महाबु गाउँपालिका अध्यक्ष पदमा झलक भण्डारीले मनोनयम दर्ता गरेका छन । स्थानीय तहको निर्वाचन २०७९ मा अध्यक्षमा आंकाक्षी रहेका उनी नेपाली काँग्रेस जिल्ला कमिटि सदस्य हुन् ।
उपनिर्वाचनका लागी माओबादी केन्द्रका जंगबहादुर बराल मगरले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । महाबु गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनका लागी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रकाश कुमार बुढाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै राप्रपाबाट सुर्जे रावत, नेपाल मजदुर किसान पार्टीबाट, दुर्ग बहादुर मगरले मनोनयन दर्ता गराएका छन् । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादीबाट अध्यक्ष पदमा जगत बहादुर हमालले मनोनयन दर्ता गराएका छन् ।
उनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट महाबु गाउँपालिका(५ बाट वडाध्यक्षमा बिजयी भएका थिए । गाउँपालिकाका अध्यक्ष लछुमुन गुरुङको २०८० माघ २७ गते हृदयघातका कारण निधन भएपछि महाबुमा यहीँ मंसिर १६ गते उपनिर्वाचन हुन् लागेको हो ।



