कीर्तिपुरमा जसपा नेपालबाट तेस्रो लिङ्गी उम्मेदवार

काठमाडौँ ः जसपा नेपालले कीर्तिपुर नगरपालिकामा तेस्रो लिङ्गीलाई उम्मेदवार बनाएको छ । आइतबार सो पार्टीका तर्फबाट हनि महर्जनले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

पिछडिएको सीमान्तकृत समुदाय र यौनिक तथा लैङ्गिक समुदायलाई ल्याउने उद्देश्यले उनलाई उम्मेदवार बनाइएको जसपाले जनाएको छ ।

त्यस्तै कीर्तिपुर नगरपालिका– ४ को वडाध्यक्षमा पनि सो पार्टीले तेस्रो लिङ्गीलाई उम्मेदवार बनाएको छ । सो वडाको अध्यक्ष पदमा तेस्रो लिङ्गी मनि महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!