जाजरकोटको कुदु नजिक गाडी दुर्घटना, २५ जना घाइते

जाजरकोट ः जाजरकोटमा फोर्स गाडी दुर्घटनामा परेको छ । सोमबार बिहान करिब साढे ११ बजे जाजरकोटको भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको गाडी मध्यपहाडी राजमार्ग कुदु नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र कुदूमा उपचार भइरहेको छ भने उनीहरुको अवस्था मध्यम रहेको छ । गाडी सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये चालक प्रतिक चन्दको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।




सम्बन्धित समाचार


error: Content is protected !!