जाजरकोट दुर्घटना ः बोलेरो पल्टिदा ७ जना घाईते

मोहन जंग शाही
जाजरकोत ः बारेकोटदेखि जाजरकोट खलंगा जादै गरेको बोलेरो गाडि दुर्घटना परेकको छ । सोमबार बिहान करिब ११ बजे बारेकोट गाउपालिका २ लिम्साबाट जाजरकोट खलंगा जाँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो गाडि नलगाड नगरपालिका ४ बाउसेखोला नजिकै सडकमै अनियन्त्रित भएर पल्टिएको हो ।
दुर्घटनामा परेर ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार घाईतेहरुको उपचारको लागि जिल्ला अस्पताल जाजरकोट लगिएको छ ।










