रानीमत्ता गाडी दुर्घटना अपडेट ः चार जनाको मृत्यु २५ जना घाइते

सुर्खेत ः सुर्खेत–दैलेख सिमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेको पहिचान खुलेको छैन् । शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रि भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रूपेश खड्काले जानकारी दिए ।

दुर्घटना लगत्तै घटनास्थल पुगेका खड्कासहितको टोलीले उद्दार गरेर उपचारका लागि पठाइसकिएको छ । केहीको अवस्था गम्भीर केहीको सामान्य रहेको खड्काले बताए । गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवा खड्काअनुसार दुर्घटनामा परी २५ जना घाईते भएका छन् । घाईते २५ जनाको उद्दार गरी गुराँस गाउँपालिकाको एम्बुलेन्सबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । २९ जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।





error: Content is protected !!