उपनिर्वाचिनका लागि जाजरकोटका दुई वटा स्थानीय तहमा नेपाली कांग्रेसले उम्मेदवारको लगायाे टुङ्गो

जाजरकोट ः मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा जाजरकोटका दुई वटा स्थानीय तहका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ ।

पालिका कमिटीको सिफारिसमा बिहीबार प्रदेश कमिटीले उम्मेदवारको टुङ्गो लगाएको हो । कांग्रेस प्रदेश कमिटी सभापति ललितजङ्ग शाहीले नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारका लागि इन्द्रा चन्द सिंहको नाम टुङ्गिएको बताउनुभयो । यस्तै कुशे गाउँपालिका–७, को वडाध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनको उम्मेदवार खम्बबहादुर सिंहलाई टुंगो लागेको छ । कांग्रेस जाजरकोटका सभापति बेदराज सिंहले उहाँको पनि नाम एकल आएकाले टुङ्गिएको बताउनुभयो ।

यस्तै जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको २०८० कार्तिक १७ गते भूकम्पमा परी मृत्यु भएपछि उपप्रमुख पद रिक्त थियो । अहिले कांग्रेसले उम्मेदवार बनाएकी इन्द्राचन्द सिंह सरिताकै भाइ बुहारी हुन् । यस्तै कुशे–७, का वडाध्यक्ष मनबहादुर घर्तीको २०७९ असारमा मृत्यु भएको थियो । उनी २०७९ वैशाखमा भएको निर्वाचनमा माओवादीका तर्फबाट ३८० मत प्राप्त गरी विजय भएका थिए ।

उक्त ठाउँमा अहिले कांग्रेसले उठाएका खम्बबहादुर सिंहले ३१८ मत पाएका थिए । नलगाड नगरपालिकामा नेकपा एमालेबाट सरितासँग पराजित हुनुभएकी सुनिता बोहरालाई फेरी उम्मेदवार बनाएको छ । माओवादीले भने हाल सम्मा उम्मेदवारको नाम सार्वजनिक गरेको छैन ।




सम्बन्धित समाचार


error: Content is protected !!