ट्रम्पको जितमा इरानले दियो यस्तो प्रतिक्रिया


इरान र इजरायलबीच अहिले तनाव छ । इरानी सरकारका प्रवक्ताले भने, ‘अमेरिकी राष्ट्रपतिको चुनावले हाम्रो लागि केही अर्थ राख्दैन । अमेरिका र इरानमा सरकार परिवर्तनले खासै धेरै परिवर्तन हुनेवाला छैन । ह्वाइट हाउसमा जोसुकै बसे पनि यसले हाम्रा जनताको जीवनमा कुनै असर गर्दैन ।’
सन् २०१६ मा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले अमेरिकासँगको इरानको आणविक सम्झौता अन्त्य गरेका थिए । इरान र अमेरिकाबिच बाराक ओबामाको कार्यकालमा परमाणु सम्झौता भएको थियो । ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन पछि इरानमाथि लगाइएको प्रतिबन्धलाई अझ बढाउने कुरामा कुनै शंका नभएको समाचार एजेन्सी एपीसँग कुरा गर्दै तेहरानका एक विद्यार्थीले भनेका छन् । स्रोत ः रातोपाटी










