बाबर हायात कर्णालीबाट एनपीएल खेल्ने

काठमाडौँ ः नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली कयाक्सले हङकङका विस्फोटक ब्याट्सम्यान बाबर हायातलाई भित्र्याएको छ । ३२ बर्षिय बाबरलाई एनपीएलका लागि भित्र्याएको कर्णालीले जानकारी दिएको छ ।

कर्णालीले भित्र्याएका बाबर दोस्रो विदेशी खेलाडी हुन् । यसअघि कर्णालीले पाकिस्तानका अल राउण्डर हुसैन टलातलाई अनुबन्ध गरेको थियो ।

कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका सोमपाल कामी रहेका छन् ।

आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।

अहिले सम्झौता भएका खेलाडीः

काठमाडौँ गुर्खाज

-नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
-नामिबियाका अलराउन्डर जेरार्ड इरासमस

लुम्बिनी लायन्स

-इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज
-अस्ट्रेलियाका अलराउण्डर बेन कटिंग

जनकपुर बोल्ट्स

-न्यूजील्याण्डका जिम्मी निशाम
-अमेरिकाका जोसुआ ट्रोम्प

पोखरा एभेन्जर्स 

-वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
-नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
– अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस

सुदूरपश्चिम रोयल्स

-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
– पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब

बिराटनगर किंग्स

– ओमानका कप्तान आकिब इलियास
– क्यानडाका लराउण्डर निकोलस किर्टोन

कर्णाली याक्स

-पाकिस्तानका अल राउण्डर हुसैन टलात
– हङकङका बाबर हायात

चितवन राइनोज

-दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज
– इङल्याण्डका लुक बेनकेनस्टिन





error: Content is protected !!