दुर्गमका स्वास्थ्य संस्थालाई सामग्री हस्तान्तरण

कालिकोट ः तिलागुफा नगरपालिकास्थित दुर्गम बस्तीका स्वास्थ्य संस्थाले पाउने गरी मंगलबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य व्यवस्था तथा आपूर्ति शाखा सुर्खेतबाट उपलब्ध गराइएको औषधिसहित कन्सन्ट्रेटर नगरपालिकाको स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको हो । ७ लाख मूल्यको औषधि र उपकरण यहाँका छाप्रे, खल्लागाड, फोइ, चिल्खाया र राचुली नगर अस्पतालमा दिने गरी स्वास्थ्य शाखा प्रतिनिधि पद्मा शाहीलाई बुझाइएको हो । तिलागुफा नगरमा बुझाइएको स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर १० लिटरका ७ थान, एमोक्स सिलिन, पारा सिटामोल, मेट्रोजोललगायतका औषधी र उपकरण छ ।

तिलागुफाको केन्द्र गाल्जेमा आयोजित स्वास्थ्य सामग्री हस्तान्तरणमा जिल्ला समन्वय प्रमुख धनजीत शाही, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भझ्राई, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भरत बमलगायतको उपस्थिति थियो । स्रोत ः कान्तिपुर




सम्बन्धित समाचार


error: Content is protected !!