न्यूजील्याण्डका जिम्मी निशाम जनकपुरबाट एनपीएल खेल्ने

काठमाडौँ ः नेपाल प्रिमियर लिग (एनपीएल) मा न्यूजील्याण्डका ब्याटिंग अलराउण्डर जिम्मी निशाम जनकपुर बोल्टबाट खेल्ने भएका छन् । ३४ बर्षिय ब्याटिंग अलराउण्डर निशामलाई जनकपुरले भित्र्याएको जानकारी दिएको छ ।
जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान आसिफ सेख रहेका छन् ।
आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।
- अहिले सम्झौता भएका खेलाडीस्
काठमाडौँ गुर्खाज
– नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
लुम्बिनी लाइन्स
– इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज
पोखरा एभेन्जर्स
– वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
– नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
-अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस
सुदूरपश्चिम रोयल्स
-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
बिराटनगर किंग्स
-ओमानका कप्तान आकिब इलियास
कर्णाली याक्स
– पाकिस्तानका अल राउण्डर हुसैन टलात








