नवलपुरमा पोथी गैँडा मृत फेला

नवलपुर ः नवलपुरको मध्य विन्दु–१२ मा एउटा पोथी गैँडा मृत फेला परेको छ । अन्दाजी ३-४ वर्षको पोथी गैँडा अरुण खोला दोभानमा सोमबार मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।

उक्त गैँडा जङ्गलमा अर्को गैँडासँग जुध्दा घाइते भएको थियो । त्यही चोटका कारण गैँडा मरेको प्रारम्भिक अनुसन्धानले देखाएको सूचना अधिकारी मगरले जानकारी दिनुभयो । उक्त गैँडाको खाग र खुर सुरक्षित रहेको जनाइएको छ ।

यो सँगै चालु आवमा मृत्यु हुने गैँडाको सङ्ख्या ७ पुगेको सूचना अधिकारी मगरले जानकारी दिए । ७ मध्य ६ वटा प्राकृतिक कारण र एउटा करेन्ट लागेर मरेको हो ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा गैँडा रहेका छन् । मगरका अनुसार तीमध्ये नवलपुर क्षेत्र अर्थात् पश्चिम सेक्टरमा चार सय ५० बढी गैँडा रहेका छ ।





error: Content is protected !!