फिष्टुला उपचार केन्द्र प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण

मोहन जंग शाही
सुर्खेत, ४ कात्तिक ः फिष्टुला उपचार केन्द्र प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण गरिएको छ । इन्टरनेशनल नेपाल फेलोसिप (आईएनएफ) र तत्कालिन मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको साझेदारीमा सन २००९ ’देखि सञ्चालित प्रसव फिस्टुला उपचार द्वारा नेपालका ग्रामिण भेगका फिस्टुला प्रभावित महिलाको स्वास्थ्य सेवाका लागि निर्माण गरिएको फिस्टुला उपचार केन्द्रको हस्तान्तरण गरिएको हो। केन्द्रको आईतबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आईएनएफ नेपालका कार्यकारिणी समिति अध्यक्ष रामचन्द्र तिमोथीको उपस्थितिमा प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण कार्य गरिएको हो ।
आर्थिक सहयोगमा प्रदेश सरकार तयार भएपनि जनशक्तिको अभाव हुन नदिन जनशक्ति व्यवस्थापन गरिदिन आग्रह गर्नुभयो । फिस्टुला उपचारको लागि प्रभावकारी सेवा प्रदान गर्न अनुरोध गर्नुभयो। आईएनएफले गरेको कामको प्रसंशा गर्दै आगामी दिनमा समेत सरकार सँगको साझेदारी कायम रहने विश्वास व्यक्त गर्नुभयो। सन् २०३० सम्म फिस्टुला उन्मूलनका लागि प्रदेश सरकार निरन्तर लाग्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
फिस्टुला अपरेशनका क्रममा उपलब्ध हुने सुविधाको गुणस्तरमा कमी हुन नदिने बताउनुभयो। उपचारमा खटिने डाक्टरहरुले मेडिकल ज्ञान मात्र प्राप्त गरी सामाजिक ज्ञान नलिएको कारण झिनामसिना समस्याहरू देखिने गरेको भनाई राख्नुभयो।



