समस्या ,सुझाव सुन्न मुख्यमन्त्री कंडेल जाजरकोटमा ः अलपत्र योजनाका विषयमा छलफल

मोहन जंग शाही

सुर्खेत, ४ कात्तिक ः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल गुनासा , सुझाव तथा छलफलका लागि जाजरकोट पुग्नुभएको छ । प्रदेश सरकारका मताहातमा रहेका अलपत्र योजनाहरुका विषयमा समेत छलफल गर्न मुख्यमन्त्री जाजरकोट पुग्नुभएको उहाँका प्रमुख स्वकीय सचिव सुर्यमुणी गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो ,‘ अलपत्र योजना देखि चालु आवमा कार्यान्वनमा हुने योजनाको कायाृन्वनको अवस्थाको बारेमा बुझन हामी जाजरकोट पुगेका छौँ । जाजरकोटबाट सुरु भएको यो कार्यक्रम , रुकुम पश्चिम र सल्यान लगत्तै हुने छ । ’ जाजरकोटमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले लगाएका ठेक्काहरु अलपत्र परेको अवस्था रहेका छन् । कर्णालीमा ३३ वटा अलपत्र योजना मध्य जाजरकोटमा मात्र पाँच वटा अलपत्र अवस्थामा रहेका छन् । असोज महिना भित्र सबै आयोजनाको ठेक्का प्रक्रिया सम्पन्न गर्ने लक्ष्य लिएको प्रदेश सरकारले ६० प्रतिशत मात्र आयोजनाको ठेक्का लागेपछि बाँकी कामको गती बढाउन जिल्ला अनुगमण तथा निरीक्षणमा काम सुरु भएको छ ।

प्रदेश सरकारको सहभागिता बलियो बनाई जनस्तरबाट पनि सुझाव लिनुपर्ने भएकाले जाजरकोटमा आज पुगेको गौतमले बताउनुभयो । त्यस्तै आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाह पनि उक्त कार्यक्रममा सहभागी हुनुभएको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारको माताहातमा रहेका सबै कार्यालयका प्रमुखहरु सँग व्यापक छलफल हुने समेत गौतमले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!