कर्णाली चौथो खेलमा पनि अपराजित

काठमाडौं ः कर्णाली यश्विजले एभरेस्ट महिला भलिबल लिगमा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ।

बिहीबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा कर्णालीले चितवन शक्तिविरुद्ध ३/२ सेटको रोमाञ्चक जित निकाल्यो। पहिलो सेट २०/२५ ले गुमाएको कर्णालीले दोस्रो सेट २५/१८ ले आफ्नो पक्षमा पारेको थियो।

तेस्रो सेटमा चितवन २५/२१ ले अगाडि रह्यो। चौथो सेटमा २५/१५ ले विजयी हुँदै कर्णाली खेलमा फर्किएको थियो। पाँचौं तथा निर्णायक सेट १५/१३ ले आफ्नो पक्षमा पार्दै कर्णालीले विजयी यात्रालाई जारी राख्यो।

जितसँगै चार खेलमा १० अंक जोडेको कर्णाली शीर्ष स्थानमा उक्लिएको छ। यसअघि कर्णालीले मधेश युनाइटेडलाई ३.१, गण्डकी थन्डर्सलाई ३.२ र ललितपुर क्सिन्सलाई ३.० को सोझो सेटमा पराजित गरेको थियो।

पराजित चितवन समान खेलबाट सात अंकका साथ तेस्रो स्थानमा छ। लिग चरणको अन्तिम खेलमा आज कर्णालीले काठमाडौं र चितवनले ललितपुर क्विन्सको सामना गर्नेछ। बिहीबारै सम्पन्न खेलमा काठामाडौंले मधेशलाई ३.१ को सेटमा पराजित गरेको थियो।

यसै गरि गएराति नै भएको अन्तिम खेलमा गण्डकी थन्डर्सले पहिलो जित निकालेको छ। गण्डकीले ललितपुर क्विन्सविरुद्ध ३.२ सेटको रोमाञ्चक जित निकाल्यो। पहिलो निकै प्रतिस्पर्धात्मक पहिलो सेट २७(२९ ले गुमाएको गण्डकीले त्यसपछिका दुई सेट २५/२३, २५/१२ ले आफ्नो पक्षमा पारेको थियो।

चौथो सेटमा ललितपुरले २५ /१३ को सहज जित निकालेपछि खेल लम्बियो। गण्डकीले पाँचौं तथा निर्णयक सेटमा १५/७ ले आफ्नो पक्षमा पार्दै पहिलो जित दर्ता गर्यो।जितसँगै चार खेलमा चार अंक जोडेको छ। लिग चरणको अन्तिम खेलमा आज गण्डकीले मधेशसँग खेल्नेछ।





error: Content is protected !!