हुम्लामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

सुर्खेत , १६ असोज ः घरको भित्ता लिपपोत गर्ने माटो खन्ने क्रममा माथिबाट आएको मोटोको ढिस्कोले पुरिएर बुधबार विहान हुम्लामा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
मृत्यु हुनेमा ताँजाकोट गाउँपालिकाका ३ का २५ ध्रुव शाही र सोही गाउँकी २४ वर्षीया मनसुरा मल्ल रहेका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दका अनुसार ताँजाकोट गाउँपालिका–३ रामगाउँका उनीहरू दसैँमा घर सजावटका लागि बुधबार बिहान माटो खन्न गएका थिए । माटो खन्नेक्रममा माथिबाट खसेको माटोको ढिस्कोमा परी उनीहरूको मृत्यु भएको चन्दले बताउनुभयो । सँगै माटो लिन गएका सोही ठाउँमा अन्दाजी २६ वर्षीय लालबहादुर शाही घाइते भएको उहाँले बताउनुभयो ।





error: Content is protected !!