ताल्चा विमानस्थल निर्माण पहिरोले क्षती बनाएकालाई मुआव्जा दिइने

नन्दा शाही
मुगु , २८ भदौ ः मुगुको ताल्चा विमानस्थल निर्माण गर्दा स्थानीयबासीहरुको जग्गामा क्षती पुगेको भन्दै मुआव्जा दिन लागिएको छ । जिल्ला प्रशासन कार्यालय मुगुको समन्वयमा मुआव्जा समितिको सिफारिसमा २०८० जेठ ३० गते मन्त्रीपरिषदको बैठकबाट निर्णय भएपछि ११ परिवारले मुआव्जा पाउने भएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।

विमानस्थल निर्माण गर्दा ११ घर , परिबारको जग्गा अधिग्रहण भएको हुँदा उक्त जग्गाको मूल्य दिन लागिएको प्रजिअ केसीले जानकारी दिए । छायाँनाथ रारा नगरपालिका–४ का स्थानीयबासीहरुको जग्गा अधिग्रहण गरिएको थियो । अधिग्रहण गरिएको जग्गाको मुआव्जा लिन रारा नागरिक उड्यान कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

विमानस्थल फराकिलो गर्दा बस्ती जोखिममा
रारा विमानस्थल ताल्चा पिच भएसंगै पानीको नहर बुका खोला, लेत्याखोला, बुद्या खोलामा मिसाईएकाले रारा विमानस्थल ताल्च मुनिका छायाँनाथ रारा नगरपालिका –४ का दजनौ बस्ती पहिरोको उच्च जोखिमा परेको स्थानीयबासीले बताएका छन् ।
२०७२ सालमा ५ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रारा विमानस्थल पिच भएको र त्यहाँ बाट बग्ने नहरहरु बुका खोला, लेत्याखोला बुद्या खोलामा मिसाईएकाले विमानस्थल बाट बग्ने पानीले विमानस्थल मुनिका बस्ती पहिरोको जोखिम परेको स्थानीयबासीले बताएका हुन । खोलामा आउने बाढी पहिरोले घर, जग्गा बगाएको छ ।

विमानस्थलबाट बग्ने पानीले खोला आसपासमा प्रति बर्ष यसरी नै खेतयोग्य जमिन कटान गदै जाने हो भने विमानस्थलको भविश्य पनि संकटमा पत्रकार महासंघ ,मुगुका अध्यक्ष नृपेन्द्र मल्ले बताए । अहिले पनि विमानस्थलको उत्तर तिर जमिन भाँसिएको छ विमानस्थल तल तीरको भागमा वर्षेनी यसरी पहिरो जाने क्रम नरोकिने हो भने विमानस्थलसँगै शिरमा रहेको राराताल पनि संकटमा पर्ने उनले बताए ।

रारा विमानस्थलबाट निस्कीएको मुख्य पानी बग्ने बुकाखोला किनाराका बस्तीहरु, बस्ती पाटपटेनी, मुश्याचौर, माथिल्लो कालपाल्त, तल्लो कालापाल्त, कोष, दोवाट, कालाजुर लेत्याखोला किनारका बस्तीहरु, ढुमालेख, डाँडाजिउला, टहधारा र बुद्याखोला किनारका बस्तीहरु गिमखोला जुक्याना गाउँ खत्याडीकोट, गमगाढाको पावर हाउस लगायतका क्षेत्रहरु पहिरोको उच्च जोखिममा रहेका छन । लगातार आएको अबिरल वर्षाले खोलामै आएको बाढिकै कारण सो क्षेत्रका बिभिन्न क्षेत्रहरुमा जमिन भासिदाँ सो क्षेत्रका स्थानीय बासिन्दा रातभर जाग्रम बस्नु छायाँनाथ रारा नगरपालिका ४ का स्थानीयबासी जंङख बहादुर भाम बताए ।

रारा बिमान स्थल तलका बस्तीमा ९ बर्ष देखि दिन प्रतिदिन यस्तो समस्या थपिदै गएको गुनासो आएका प्रजिअ केसीले बताए । छायाँनाथ रारा नगरपालीका –४ वडाध्यक्ष लक्ष्मी प्रसाद भामले खोलाले खेति योग्य जमिन पनी बर्षेनी यसरी नै कटान गर्ने हो भने दजनौ बस्ती पनि नरहने बस्ती सार्नुको विकल्प नभएको बताए । वडा कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी केसी मार्फत सवन्धित निकायहरुलाई ध्यानाकर्षण पत्र अध्यक्ष लक्ष्मी भामको टोलिले बुझाएको छ ।





error: Content is protected !!