उपल्लो डोल्पाको शे गुम्बामा १२ वर्षे मेला , क्रिस्टल पर्वतको दर्शन सुरु

हेमन्त केसी
सुखेत , १७ भदौ ः १२ वर्षपछि उपल्लो डोल्पा स्थित हिमालको टुप्पोमा रहेको शे–फोक्सुण्डो गाउँपालिका –३ शे गुम्बाको पुजा तथा क्रिस्टल पर्वतको दर्शन गर्ने मेला गर्न आइतबार देख भव्य कार्यक्रम सुरु भएको छ ।

मेलाको नाम बाह्र वर्षे शेली डुग्ड्रा नामकरण गरिएको छ। उक्त मेला २०८१ भाद्र १६ देखि २१ गतेसम्म ४ दिन सम्म सञ्चालन भइरहेको छ । ६७ औँ बाह्र वर्षे शेल्री डुग्ड्रा मेलाको उद्घाटन गर्न कर्णालीका मुख्यमन्त्री यामलाल कडेल डोल्पा गएपनि उपल्लो डोल्पामा जानका लागि मौसम खराबीका कारण दुनैबाट फर्कनुरेको थियो ।

शेली रिवो डुग्ड्रा शे मेलालाई भोट बर्मेली बौद्ध पात्रोअनुसार १२ वर्षमा एकपटक लाग्ने डोल्पाको सबैभन्दा ठूलो र महत्वपूर्ण मेलाको रुपमा लिने गरिन्छ। यो मेलामा शेली रिवो डुग्ड्रा पर्वत क्रष्टल माउण्टेनको परिक्रमा गर्ने अर्थात कोरा घुम्ने गरिन्छ। बौद्ध धर्मालम्बी अर्थात तिब्तियन पात्रोअनुसार ड्रायगन बर्षमा कोरा घुम्ने वा पर्वत परिक्रमा गर्ने गरिन्छ। यही वर्षलाई विशेष मानेर डोल्पो समुदायले पवित्र वर्ष मानेर मेला मनाउने गरेका छन्।

यसभन्दा अघि ६६औँ १२ वर्षे मेला २०१२ मा मनाइएको थियो। “दर्शन शेली रिवो डुग्ड्राको, विश्वास शान्तिको ” भने मूल मन्त्रका साथ ६७ औँ १२ वर्षे मेला २०८१ भाद्र १६ देखी १९ सम्म मेला सुरु हुन लागेको हो। मेलाले डोल्पा जिल्लाको धार्मिक तथा सांस्कृतिक विविधताको पहिचान सम्मान र संरक्षणमा सहअस्तित्व हुने बताइएको छ। पुरातात्वीक र सांस्कृतिक सम्पदाको अन्तराष्ट्रियस्तरमा प्रचारप्रशार हुनेछ भने पर्यटनको विकाससँगै डोल्पालई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका रहने विश्वास गरिएको शे फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन ढलकाले बताउनुभयो ।

यो बाह्र बर्षे मेलामा धार्मिक तथा पर्यटकिय गन्तब्यहरुको प्रत्यक्ष अवलोकन गर्न पाउदा खुसी लागेको सुर्खेतबाट मेला स्थलमा पुगेका बीरेन्द्रनगर १० का राम रोकायले बताउनुभयो । फोक्सुण्डो ताल,चारताल,फोक्सुण्डो झरना,रिवो वुम्पा गुम्बा,शेल गुम्बा,चाखाङ गुम्बा,शे साम्लिङ गुम्बा,नाम्दो फोला पुजा,थासुङ छोलुङ गुम्बा,याङ्जेर गुम्बा,रापमार नाम्सुम लगायत बिभिन्न प्राचिन गुम्बा मुर्तिहरु,स्तुपाहरु,घङ चेन्रल्वा,घङ नर्बु,घङ ताइका,शे ला,छोया ला,काङ्ग ला,जस्ता सुन्दर हिमाल पनि अवलोकन गर्न पाउदा पाहुनाहरु खुसी भएको आफू खुसी भएको पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य बीरबहादुर शाहीले जानकारी दिनुभयो ।
मेलाले डोल्पोको प्राकृतिक,धार्मिक र सांस्कृतिक सौन्दर्यताको विश्वसामु नौलो पहिचान गरि पर्यटन विकास र प्रबर्द्धनमा महत्वपुर्ण सहयोग पुर्याएको उहाँको बुझाई रहेको छ । १८ गतेदेखि विभिन्न धर्मगुरुहरुको धार्मिक प्रवचन जीवनउपयोगी प्रशिक्षण स्वास्थ्य शिविर घोडादौड तीरंदाजी हुनेछ भने मेलाको अन्तिम दिन २१ गते धर्मगुरुबाट जीवन शक्तिकरण अभिषेक पुजा समापन हुने बाह्र बर्षे शाहीले जानकारी दिनुभयो ।

डोल्पाको बाह्रवर्षे शे मेलाः विश्वशान्तिको आह्वान र धार्मिक
हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका–३ साल्दाङ्गस्थित शेल गुम्बामा बाह्रवर्षे शे मेला सुरु भएको छ। यो मेला धार्मिक, सांस्कृतिक, र सामाजिक एकताको प्रतीक मानिन्छ, जसले विश्वशान्तिको आह्वान गर्दछ।
मेलाको ऐतिहासिक महत्व
बाह्र वर्षमा एक पटक मात्र आयोजना हुने यो मेलाले डोल्पाको प्राकृतिक, धार्मिक, र सांस्कृतिक पहिचानलाई उजागर गर्दछ। मेलाको मुख्य नारा, ’दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्वशान्ति’ले मेलाको उद्देश्यलाई प्रस्ट पार्छ। यो मेला डोल्पो क्षेत्रको ऐतिहासिक, प्राकृतिक, र पुरातात्विक सम्पदाको विश्वव्यापी प्रचारप्रसार गर्ने अवसर रहेको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताउनुभयो ।
धार्मिक कीबदन्ती र महत्व
शे मेलाको उत्पत्ति एउटा धार्मिक किंवदन्तीसँग जोडिएको छ। रिवो डुग्ड्राको धार्मिक ढोका खोल्ने जिक्तेन गोन्पो रिन्छेन पलका शिष्य तपस्वी डुपतोप सिङ्गे यिशेको सम्मानस्वरुप यो मेला लाग्ने परम्परा सुरु भएको हो। यस मेलाले समग्र डोल्पो दर्शन बुझ्न र त्यसको धार्मिक महत्वलाई आत्मसात गर्न मद्दत गर्छ अध्यक्ष सम्डुक गुरुङले बताउनुभयो । मेलामा स्थानीय र बाह्य सहभागीहरूले सामाजिक एकता र सद्भावलाई अझ प्रगाढ बनाउन योगदान गर्छन्। मेलाको माध्यमबाट डोल्पाको पुरातात्विक सम्पदा र प्राकृतिक सुन्दरतालाई विश्वसामु चिनाउने अवसर मिल्छ। सदरमुकाम दुनैबाट ६ दिनमा त्यहाँ पुग्न सकिन्छ ।





error: Content is protected !!