गमगढीको खानेपानी ट्यांकीमा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडान

नन्दा शाही
मुगु ः युनिसेफ नेपालको आर्थिक सहयोगमा मुगुको सदरमुकाम छायाँनाथ रारा नगरपालिकाको लागत साझेदारीमा खानेपानी धारामा पानी शुद्धिकरण गर्ने मेसिन जडान गरिएको छ । गमगढी बजारको लागि उपलब्ध खानेपानी धारामा पानी शुद्धिकरण गर्ने मेसिन जडान गरिएको हो । पानीजन्य रोग न्युनिकरणका लागि खानेपानी ट्यांकीमा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडान गरिएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए । सदरमुकाम गमगढी बजार र छायाँनाथ रारा नगरपालिका– ४ भामवाडा गाउँको खानेपानी ट्यांकीमा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडान पछि पानीमा हुने समस्य हल भएको उनले बताए ।
बर्खा सिजनमा पानि फोहोर हुन सक्ने र पानीजन्य रोगबाट बच्न पहिलो चरणमा तीनवटा ट्यांकीमा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसीन जडान गरिएको उनले जानकारी दिए । गमगढी खानेपानी र भामवाडा खानेपानीको लागि तीनवटा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन ७ लाख ८५ हजारमा खरिद गरी दश प्रकारका पानी शुद्धिकरण गर्ने सामग्रीका साथ खानेपानी ट्यांकीमा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडान गरिएको जनाइएको छ । गमगढी खानेपानी उपभोग गर्ने उपभोक्ता ४२० घरधुरी छन् भने भामवाडा खानेपानी प्रयोग गर्ने उपभोक्ता २२० घरधुरी रहेका छन् । पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडान गरेसँगै उपभोक्तहरुमा पानीजन्य रोगबाट बच्न सकिने स्थानीयको भनाई छ ।









