आठबीसकोटको झिन्चौर नजिकै खोलामा आएको बाढीले घर बगाउदा तीन बालबालिका माटोमा पुरिए , एक वेपत्ता

हेमन्त केसी
सुर्खेत , १ साउन ः रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१२ बगर स्थित तातोपानी, झिन्चौर खोलामा आएको बाढीले स्थानीयबासीको घर बगाउदा तीन जना बालबालिकाको लेदो माटोमा पुरिएको अवस्था देखिएको छ ।

माटोमा पुरिनेहरुमा ८ वर्षीय हितमाया पुन , ५ वर्षीया धनिसा पुन , चार वर्षीया मनिसा सार्की रहेका छन् । वेपत्ता ४० वर्षीया डिल्लीबहादुर बुढाथोकि वेपत्ता भएको नगरप्रमुख रबी केसीले जानकारी दिनुभयो । घाइतेहरु १० वर्षीया बिजय सार्की , २२ वर्षीया अनिसा पुन , २९ वर्षीय जनक खत्री , ६५ वर्षीया मनसरि पुन , चार वर्षीया मेक्सन पुन , वीस वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी रहेको उहाँले बताउनुभयो ।

खोलामा लेदो माटोमा परिएको बालबालिकाको शरिर निकाल्न नसकिएको उहाँको भनाई रहेको छ । घाइतेलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याउने काम जारी रहको उहाँले जानकारी दिनुभयो । घटना स्थलमा भर्खरै प्रहरी पुगेको उहाँको भनाई रहेको छ ।

गएराती ११ बजे उक्त घटना भएको उहाँको भनाई रहेको छ । आठ घण्टा सम्म बच्चाको शरिर देखिएपनि खोलामा पानीको मात्रा सँगै लेदोले पुरिएको कारण कस्तो अवस्था छ पत्ता लाग्न नसेकेको अवस्था छ । नगरपालिका र प्रहरी चौकी भन्दा ३ घण्टाको प्रदल दुरीको उक्त ठाउँ पर्दछ । अहिले पानी पर्ने क्रम जारी रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!