तीन बालबालिका माटोमा पुरिएको , एक वेपत्ता

हेमन्त केसी
सुर्खेत , १ साउन ः रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१२ बगर स्थित तातोपानी, झिन्चौर खोलामा आएको बाढीले तीन जना बालबालिकाको लेदो माटोमा पुरिएको अवस्था देखिएको छ ।

एक जना बाढीमा परेर वेपत्ता भएको आठबीसकोट नगरपालिकाका नगरप्रमुख रबी केसीले जानकारी दिनुभयो । खोलाको बाडीले ६ जना घाइते भएको उहाँले जानकारी दिनुभयो । खोलामा लेदो माटोमा परिएको बालबालिकाको शरिर निकाल्न नसकिएको उहाँको भनाई रहेको छ । घाइतेलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याउने काम जारी रहको उहाँले जानकारी दिनुभयो ।

गएराती ११ बजे उक्त घटना भएको उहाँको भनाई रहेको छ । आठ घण्टा सम्म बच्चाको शरिर देखिएपनि खोलामा पानीको मात्रा सँगै लेदोले पुरिएको कारण कस्तो अवस्था छ पत्ता लाग्न नसेकेको अवस्था छ । नगरपालिका र प्रहरी चौकी भन्दा ३ घण्टाको प्रदल दुरीको उक्त ठाउँ पर्दछ । अहिले पानी पर्ने क्रम जारी रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!