कर्णाली प्रदेशसभामा अर्थमन्त्रीलाई कांग्रेस सांसदहरूले तानेपछि धकेलाधकेल

सुर्खेत ः कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीमाथि नेपाली कांग्रेसका सांसदहरूले ‘अमर्यादित’ व्यवहार गरेका छन् । प्रदेशसभाको आइतबारको बैठकमा कांग्रेस सांसदहरूले मन्त्री केसीलाई रोस्ट्रममा जानबाट रोक्न उनलाई समातेर तानेका हुन् ।

आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिन रोस्ट्रमतर्फ प्रवेश गर्न लागेका मन्त्री केसीमाथि कांग्रेस सांसदले हात हालेका छन् । केही बेर मन्त्री केसी र कांग्रेस सांसदबीच तानातान भएको थियो । कांग्रेस सांसदले मन्त्री केसीलाई समातेपछि छुट्याउन गएका सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूबीच धकेलाधकेल भएको थियो ।

केही बेर चलेको घम्साघम्सीपछि रोस्ट्रममा पुगेका मन्त्री केसीले बजेटमाथि उठेका प्रश्नको जवाफ यसअघि नै दिइसकेको बताएर बिदा भए । मन्त्री केसीको जवाफलगत्तै सभामुख नन्दा गुरुङ्गले अर्को बैठक असार १७ मा बस्ने भन्दै आइतबारको बैठक अन्त्य गरिन् ।





error: Content is protected !!